विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ।

ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छाती दुखेपछि उनी सोमबार बिहान साढे ९ बजे अस्पताल भर्ना भएका थिए। उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।



कोरोना परीक्षणका लागि बिहान १० बजे स्वाब संकलन गरिएको थियो। उपचारकै क्रममा उनको सवा तीन बजे मृत्यु भएपनि रिपोर्ट सवा ४ बजे आएको डा दासले जानकारी दिए।

सम्बन्धित समाचार