पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको पुष्टि भएको छ । गत सोमबार पर्सामा मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनलाई पखाला लागेको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।



कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

सम्बन्धित समाचार