नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । प्रतितोला सुनको मूल्य एक लाखभन्दा बढी भएको यो इतिहासमा नै पहिलो पटक हो । पछिल्लो समय कोरोनाभाइरसका कारण विश्वमा आएको आर्थिक मन्दीका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।
अघिल्लो दिनको तुलनामा एकै दिन १६ सय रुपैयाँले तोलामा बढेर आज सुनको मूल्य एक लाख एक हजार ४ सय कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको नयाँ मूल्यअनुसार अब छापावाद सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन एक लाख ९ सय रुपैयाँ पुगेको छ ।
महासंघले चाँदीको मूलय एक हजार २ सय ९५ रुपैयाँ तोकेको छ ।