कोरोना संक्रमित मन्त्रीले भेटेका थिए प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो । उनले पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ लाई भेटेको खुलेको हो ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी भएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक भएको थियो ।



त्यस्तै मन्त्रि यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेशनमा छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुले जाँच गराउन आग्रह गरेका छन् ।

https://www.facebook.com/gyanendrakumar.yadav.12/posts/1697933073691870

सम्बन्धित समाचार