नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
निवासको गेट सुरक्षामा खटिएका सुरक्षाकर्मीमा सक्रमण देखिएको उनले बताए । अन्यको रिपोर्ट नेगेटिभ आएको सापकोटाले बताए । प्रचण्ड निवासमा हिजो पीसीआर परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट आज आएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण गरिएको थियो ।
