प्रसिद्ध बलिउड टिभी एक्टरले गरे सुसाइड

कोरोना संकटका बीच बलिउड र सानो पर्दाका कलाकारहरुले सुसाइड गर्ने क्रम जारी छ । टिवी एक्टर समीर शर्माले आत्महत्या गरेका छन् । उनले मुम्बईमा आत्महत्या गरेका हुन् । उनले आफ्नो घरमा आत्महत्या गरेका हुन् । समीर शर्माले कहानी घर घरकी सीरियलमा काम गरेका थिए ।

४४ वर्षका समीर शर्माले मलाड पश्चिम स्थित नेहा सीएचएस बिल्डिंगमा फाँसी लगाएर ज्यान दिएका हुन् । पुलिसका अनुसार एक्टरले आत्महत्या २, ३ दिन अगाडि गरेको हुन सक्छ किनकी जब पुलिस पुग्यो तब उनको बडी डिकंपोज हुन शुरु गरेको थियो । मलाड पुलिसको अनुसार उनी भाडामा बस्दथे । बुधबार राती ड्युटी गरिरहेको बेला चौकीदारले समीर शर्माको लाश झुण्डिरहेको देखेका थिए । समीरको शव किचनको पंखामा झुण्डिरहेको थियो । सुसाइड नोट पुलिसले भेट्टाएको छैन । पुरै घरको सर्च अपरेशन गरिएको छ ।



वास्तवमा को थिए समीर शर्मा ?

समीर शर्माले टीवीको कैयौं शोजहरुमा काम गरेका थिए । उनले कहानी घर घरकी ये रिश्ते है प्यारके, लेफ्ट राइट लेफ्ट, ज्योति, गीत हुई सबसे पराई , २६१२, दिल क्या चाहता है, वीरानगली, वो रहने वाली महलोंकी, आयुष्मान भव, इस प्यारको क्या नाम दूँ? एक, बार फिर, भूतूमा उनले काम गरेका थिए । अहिले उनी सीरियल ये रिश्ते है पायरकेमा शौर्या महेश्वरीको रोल प्ले गरिरहेका थिए ।

समीरको डेब्यु फिल्म हँसी त फँसी थियो । उनी इत्तेफाक सिनेमामा पनि देखिएका थिए । समीरले कैयौं एड्स र मोडलिंगमा काम गरेका थिए । उनको घर दिल्ली थियो । पढाई पूरा गरेपछि बैंगलोर शिफ्ट भएका थिए । उनले त्यहाँ एड एजेन्सीमा काम गरेका थिए । त्यसपछि उनी मुम्बईमा एक्टिंगको सपना लिएर आएका थिए र उनले केही हदसम्म आफ्नो सपना पुरा गरे ।

सम्बन्धित समाचार