पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

संक्रमित महिलामा पाठेघर क्यान्सर र निमोनिया भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । उनले भने, ‘संक्रकित महिलामा पाठेघरको क्यान्सर र निमोनिया भएको थियो भने संक्रमित पुरुष ५ महिना अगाडि कुकुरले टोकेको हिस्ट्री लिएर आउनु भएको थियो । दुवै जना साउन १९ गते अस्पताल भर्ना भएका थिए ।’



त्यस्तै बिहीबार पनि अस्पतालमा कोरोना भाइरस संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृतक लामो समयदेखि उच्च रक्तचाप, मधेमेहका विरामी थिए ।

सम्बन्धित समाचार