यी हुन् कोरोनामुक्त नेपालका ६ जिल्ला

नेपालमा ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् । महोत्तरी, पर्सा, रौतहट, काठमाडौंमा भने पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय काठमाडौं पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।



शुक्रबार मात्र काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना पुष्टि भएको थियो । नेपालभर भने आज ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार