
रुपन्देहीमा कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रोहिणी गाउँपालिका ४ छिपागढमा लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका २६ वर्षीय देवेन्द्र चौधरी, र अरु २ जनाको मृत्यु भएको हो ।
अरु दुई जनाको सनाखत हुन सकेको छैन । रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका ४ का ३० वर्षीय अनिल यादव गम्भीर घाइते छन् ।
शुक्रबार राति पौने दश बजेतिर कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ ।
