पर्साका एक जना मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

पर्साका एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।



पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि शुक्रबार राति गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बहुदरमाई नगरपालिकाका ९ जना स्वास्थ्यकर्मीसहित त्यहाँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज १० का ६ जना, ११ का चार, वडा नम्बर १६ का चार तथा वडा नम्बर १२ का दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै पर्साको बिन्दबासिनी गाउँपालिकाका एक, छिपहरमाई गाउँपालिकाका दुई जना, सेनाका एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिनेमा दुगड ग्रुपका दुई कर्मचारीसमेत रहेका छन् ।

सम्बन्धित समाचार