अस्पतालको भवन निर्माण आएका १३ मजदुरमा कोरोना संक्रमण

धौलागिरी अस्पतालको भवन निर्माणका लागि आएका थप १३ जना कामदारमा कोरोना संक्रमण देखिएको छ ।  केही दिन अगाडी एक जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा थप १३ कामदारमा कोरोना पोजेटिभ देखिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

साउन १३ गते महोत्तरीबाट भवन निर्माणका लागि आएका १८ कामदारहरुको कोरोना परिक्षणमा गर्दा २५ वर्षीय एकजना कामदारमा कोरोना देखिएपछि बाँकीको पनि पुनः परिक्षण गरिएको थियो ।



पुनः परीक्षणमा अन्य १३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । भवन निर्माणका लागि १८ जनाको टोली आएकोमा अघिल्लो पटक १७ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

पोखरा स्थित क्षयरोग केन्द्रमा गरिएको परिक्षणणमा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको पोजेटिभ रिपोर्ट आएको गौतमले बताए  ।

अस्पतालको निर्माणाधीन ‘सी’ ब्लक निर्माणका लागि महोत्तरीबाट आएका उनीहरुलाई उक्त भवनमै क्वारेन्टीनमा राखिएको थियो । उनीहरुको कोरोना संक्रमण पुष्टी भएपछि आईसोलेसनमा सार्ने तयारी भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार