आजदेखि काठमाडौं उपत्यकामा बन्द हुनेछन् यी सेवाहरू

कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा विभिन्न सरकारी सेवाहरु बन्द हुँदैछन् । तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यलयबाट प्रदान गरिने सेवाहरु हाललाई आइतबार (साउन २५ गते) देखि भदौ ८ गतेसम्मका लागि बन्द हुन लागेका हुन् ।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता/नविकरण, संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य तथा निजी सुरक्षा कम्पनी नविकरणका कामहरु बन्द हुनेछन्।



यस्तै राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका कामहरु बन्द हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

यी बाहेक अत्यावश्यक सेवाका कामहरु भने सूचारु हुने जनाइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

सम्बन्धित समाचार