नवकान्तिपुर संवाददाता
जनकपुरधाम, २५ साउन ।

धनुषामा कोरोनाको जस्तै लक्षण देखिएका एकजना पुरुषको मृत्यु भएको छ । केही दिन देखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार मृत्यु भएको हो ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली त्यहाँ पुग्न लागेकोे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषलाई गत ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष विनोद मण्डलले बताए ।
उनका अनुसार उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आइरहेका थिए । मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ ।
कोरोना परिक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
