वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएका बताए । डा. उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो ।

उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा उपाध्यायले जानकारी दिए । ‘हाम्रो अस्पतालमा हिजो दिउँसो मृत अवस्थामा ल्याइएको २० वर्षकी महिलाको कोरोना पुष्टि भएको छ,’ डा उपाध्यायले भने, ‘उहाँको शव अहिले हाम्रो अस्पतालमै छ ।’



डा. उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती मृत महिलासहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार