अस्पताल भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तमा काेरोना रिपार्ट के आयो ?

भारतीय अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई नियमित जाँचका क्रममा अस्पताल लगिएको बताइएको छ ।

अस्पतालमा उनको कोभिड–१९ परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सञ्जयले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफू ठीक भएको बताएका छन् । उनले आफू चिकित्सकीय निगरानीमा रहेको पनि बताएका छन् ।



सञ्जयलाई सोमवारसम्म डिस्चार्ज गर्न सकिने बताइएको छ । अस्पतालका एक अधिकारीले सञ्जयमा कोरोना संक्रमण नदेखिएको र सास फेर्न समस्या भए पनि उनी बिल्कुल ठीक भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार