नवकान्तिपुर संवाददाता
कास्की, २५ साउन ।

कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।
यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ । उनको शनिबार राति ११:३५ बजे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’ को सघन उपचारकक्षमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
योसँगै पश्चिमाञ्चल अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये २ जना स्याङ्जाका छन् ।
