नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँ सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ तथा तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैया बढेको छ । चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।