नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले शनिबार बेलुकी मृत्यु भएकी महिलाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
पर्साकी एक महिलासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ । हिजो बाँकेकी एक महिलाको मृत्यु भएको थियो ।