महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना संक्रमण

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ ।

कार्यलयस्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो । ३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको तयारी भएको कार्यालयले जनाएको छ ।



यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार