प्रसिद्ध अभिनेत्रीलाई आयो ज्यान मार्ने धम्की !

पाकिस्तानको पञ्जाव सूबेको सरकारले मस्जिदमा भिडियो शूट गरेकोमा आपत्ति जनाएको छ । यस मामिलामा कारवाही गर्दै प्रशासनले दुई अधिकारीहरुलाई सस्पेण्ड गरिदिएको छ । साथै मस्जिदको पवित्रता भंग गरको आरोपमा अभिनेत्री सबा कमर र गायक बिलाल सईदविरुद्ध मुद्दा दर्ता भएको छ ।

सबा कमर तिनै अभिनेत्री हुन् जसले हिन्दी मिडियममा अभिनेता इरफान खानसँग काम गरेकी थिइन् । साथै अभिनेत्री सबा कमरलाई ज्यान मार्ने धम्की आएको छ । यसलाई लिएर अभिनेत्रीले माफी मागेकी छन् ।



उनी पाकिस्तानकी चर्चित अभिनेत्री हुन् । साथै बलिउडमा समेत उनले नाम कमाईसकेकी छन् । पाकिस्तानको लाहौरमा उनीहरुविरुद्ध ठूलो विरोध प्रदर्शन भएको थियो ।

सम्बन्धित समाचार