युवतीलाई ट्रकभित्र लगेर बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

ललितपुरमा एक युवतीलाई ट्रकभित्रै बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका ३ घर भएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका ८ घर भएका रामकुमार सुनुवार छन् ।



उनीहरूले २१ वर्षीया किशोरीलाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार