को रहेछन् गोंगबुस्थित सुटकेशमा राखिएको शव?

राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ ।

सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।



महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेको छ । उनले यसबारेमा थप विस्तृतमा भन्‍न सक्‍ने अवस्थामा नरहेको भन्‍दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताए ।

सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन । सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो । त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ ।

सम्बन्धित समाचार