गोंगबुको विभत्स हत्यामा संलग्न अभियुक्त पत्ता लागेको प्रहरीको दाबी

राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको घटनामा संलग्न पहिचान भइसकेको प्रहरीले दावी गरेको छ ।

स्रोतका अनुसार हत्या गरिएको ठाउँ सुटकेश भेटिएको स्थानभन्दा एक किलोमिटर दुरीको क्षेत्रमा पर्छ । हत्याका आरोपी पत्ता लागिसकेको प्रहरीको दावी छ । महानगरीय प्रहरी कार्यालय(मेट्रोका प्रमुख विश्वराज पोखरेलले मृतकको सनाखत भइसकेको बताए । उनका अनुसार हत्या गरिएका व्यक्ती रोल्पाका कृष्णबहादुर बोहोरा हुन् ।



गोंगबुको गणेशस्थान मन्दिर नजिकै आइतबार विहान वेवारिसे अवस्थामा रहेको सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । सुटकेशमा टाउको र खुट्टा काटिएको अवस्थाको शव भेटिएको थियो । त्यो भन्दा करिब चार सय मिटर दुरीमा टाउको र खुट्टा राखिएको जेब्रा झोला फेला परेको थियो ।

सम्बन्धित समाचार