गोंगबुको यहि घरमा टुक्रा-टुक्रा पारिएको थियो दाङका बोहरालाई

काठमाडौंको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ ।

घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।



उनका अनुसार टाउको र खुट्टाबिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।

आइतबार गणेशस्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा टाउकोविनाको शव भेटिएको थियो । पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गणेशस्थान नजिकै दुई सय मिटरको दुरीमा जेब्रा झोलामा टाउको फेला परेको थियो ।

हात, खुुट्टा र टाउको काटिएको अवस्थामा उनको शव सुट्केस भित्र भेटिएको थियो । त्यसपछि प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो ।

शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।

सम्बन्धित समाचार