आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्यून चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ  । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ, भने गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।



यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा भारी वर्षा हुने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार