नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेको छ । आफूले उठाएका माग सम्बोधन गर्न त्रिवि प्रशासनले आनाकानी गरेपछि तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ ।
मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने उपकुलपतिको कार्यालयको गाडीमा क्षति पुगेको छ ।
तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ ।