नवकान्तिपुर संवाददाता
काठमाडौं
नेपालमा नयाँ गायन रियालिटी शो ‘नेपहप स्टार’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहप स्टार’ र्याप म्युजिक रियालिटी शो हो । उक्त शोमा सहभागी हुन देश विदेशबाट डिजिटल अडिसनबाट भाग लिन सकिनेछ ।
उक्त शोमा भाग लिन कुनै उमेरको हदबन्दी नतोकिएको र यस शोलाई राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार हाल कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्नेबारे छलफल भइरहेको छ । शो प्रसारण सुरु भएपछि हप्तामा दुई पटक प्रसारण हुनेछ भने ३२ एपिसोडमा शोको फाइनल हुनेछ ।
शोमा बिजेता हुनेले पचास लाख नगदका साथै केही गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।