
सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएको छ । कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ ।
सबै प्रकारका मनोरञ्जन स्थल, सिनेमा हल, सैलुन, जिमखाना, सबै प्रकारकार धार्मिक स्थल प्रदर्शनसहितका क्षेत्र बन्द नै राख्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।
यसको अनुगमन सम्बन्धित मन्त्रालयले गर्ने र कसैले सरकारी निर्णयको कार्यान्वयन नगरेको वा अटेर गरेको भए कानूनअनुसार कारवाही गरिने भएको छ ।
