विश्वका २१६ देशमा फैलिएको कोरोनाबाट ७ लाख ४४ हजारले ज्यान गुमाए, संक्रमितको संख्या २ करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख ४ हजार ८५५ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ६३१ जनाले ज्यान गुमाएका छन् । संक्रमित १ करोड ३४ लाख २७ हजार २६५ जनाले कोरोनालाई जितेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।



त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ । अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ । संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।

संक्रमण दरले अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

नेपालमा भने २३ हजार ९४८ जनामा संक्रमण देखिएकोमा ८३जनाको निधन भैसकेको छ । १६ हजार ६६४ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार