आज देशका अधिकांश क्षेत्रमा चट्याङसहित वर्षा

आज देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

बागमती, प्रदेश ५ , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका १र२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाले उक्त स्थानहरू भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

भोलि र पर्सि दुई दिन पनि प्राय: सबै प्रदेशमा पानी पर्ने महाशाखाको अनुमान छ।

सम्बन्धित समाचार