नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
बुधबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।