
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना परेर १२ जना गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गम्भीर घाइते हुनेमा अछाम मंगलसेन नगरपालिका ७ बस्ने अन्दाजी २२ वर्षकी सीता जनाला, सोही नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षकी दीपा जनाला, ४४ वर्षकी गौरी ढुंगाना, ३० का दीपक शाही, ४५ वर्षकी कल्धुरी विक रहेका छन् ।
त्यस्तै मंगलसेन नगरपालिका २८ वर्षका गणेश कुमार जैगडी, ३२ की पार्वती नटेला, ३५ का धिरेन्द्र नेपाली, मंगलसेन नगरपालिका ७ की कल्धरी जनाला, साँफे नगरपालिका ७ का १० महिनाका बालक विनय भण्डारी, बान्नीगढी ३ का २८ बर्षका रेमन्त साउद रहेका छन् । प्रहरीका अनुसार गम्भीर १२ जना मध्ये अछाम साँफे नगरपालिका ७ का १० महिने बालक विनय भण्डारी र मंगलसेन नगरपालिका ७ की ४५ वर्षकी कल्धरी जनालाको अवस्था एकदमै गम्भीर रहेको छ।
एक जनाको नाम नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लछ्मा विक रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका इन्सपेक्टर मोहन बहादुर साउदले जानकारी दिए।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना आज बिहान दुर्घटना परेको हो ।
