
संघीय राजधानी काठमाडौंको पुतलीसडकलाईप्रायजसो व्यस्त सडक मानिन्छ । मानिसहरूको चहलपहल धेरै हुने उक्त सडक हरेक वर्षायाममा अव्यवस्थित ढलका कारण अस्तव्यस्त नै देखिन्छ । सकडमा गुड्ने सवारी, पैदल यात्रु र स्थानीय व्यापारीहरूका लागि असहज बन्ने गरेको पुतलसडकको यतिबेला स्तरीकरणको काम थालिएको छ । सडक विभागले वर्षायाममा ढल फुट्ने समस्याको समाधानका लागि शंकरदेव (टुकुचा) मोडदेखि सिटी सेन्टरसम्मकोसडकको स्तरोन्नतिको काम थालेको हो ।
सामान्य अवस्थामा पैदल यात्रु र सवारीका कारण ट्राफिकको चाप धेरै हुने भएकाले उक्त सडकको स्तरोन्नतिको काम लकडाउन अवधिमा सुरू गरेको थियो । सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनिएर उमेशराज सुवेदीका अनुसार अहिले टुकुचादेखि सिटी सेन्टरसम्म ढलको पाइप राख्ने काम सकिएर फुटपाथको काम भइरहेको छ ।

२०७६ फागुन १४ गते मूल्य अभिवृद्धि कर (भ्याट) सहित साढे ११ करोड रूपैयाँमा पुतलीसडक स्तरोन्नतिको ठेक्का पिआर इन्फ्रास्ट्रक्चर प्रालि पाएको हो । सम्झौता अनुसार कार्य सम्पन्न गुर्नपर्ने मिति २०७७भदौ १३ गतेसम्म भएपनि समयमै काम सम्पन्न हुने अवस्था भने देखिँदैन ।कोरोनाको संक्रमण, लगातारको वर्षा र अन्य परिस्थितिका कारण केही काममा केही ढिलाइ भए पनि दशैंअघि नै काम सम्पन्न हुने विभागले जनाएको छ ।

