सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

विहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।



धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो । यसअघि अत्यावश्यकबाहेकलाई काठमाडौं प्रवेशमा रोक लगाइएको थियो ।

सम्बन्धित समाचार