काठमाडौंमा एकै परिवारका ८ जनासम्म कोरोना संक्रमित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर–१० पञ्चकन्या चोकका एकै परिवारका ८ सहित जनामा संक्रमण पुष्टि भएको हो । न्यूरोडमा व्यापार गर्दै आएका एक ३८ वर्षीय पुरुषबाट एकै परिवारका ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

यस्तै बूढानीलकण्ठ–१ की ३३ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नम्बर– ४ का ३४ वर्षीय पुरुष, वडा नम्बर–३ का ३३ वर्षीय पुरुष र वडा नम्बर–८ का ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।



हिजो मात्र काठमाडौं उत्यकामा एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना रहेका थिए ।

सम्बन्धित समाचार