नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।
विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको सुन विहीबार प्रतितोलामा दुई हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा ८५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यस अघि बुधबार सुन तोलाको ९५ हजार ४ सयमा कारोबार भएको थियो भने भाँदी एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।