कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्या कति पुग्‍यो ?

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ९५ पुगेको छ । पुरुष ७३ जना र महिला २२ जनाले कोरोना भाइरसको कारण मृत्‍यु भएको स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गुमेको छ ।

उनका अनुसार प्रदेश- १ मा ८ जनाको मृत्‍यु भएको छ भने प्रदेश- २ मा २८ पुरुष र ११ महिला गरी ३९ जनाको मृत्‍यु भएको छ ।



यस्तै बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्‍यु भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरुषको कोरोनाको कारण मृत्‍यु भएको छ ।

यस्तै प्रदेश ५ मा ९ पुरुष र ३ हमिला गरी १२ जानको मृत्‍यु भएको छ भने कर्णाली प्रदेशमा ४ जनाको मृत्‍यु भएको छ ।यस्तै सुदुरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको कोरोना भाइरसबाट मृत्‍यु भएको छ ।

सम्बन्धित समाचार