नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
काठमाडौं । नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धारमा खटिरहेको जनाएको छ । नेपाली सेनाका अनुसार अहिलेसम्म ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।
नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले बाँकी हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ ।
आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्याएको छ ।