नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
कोरोना भाइरस थप आक्रमक भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक आदेश जारी गर्दै कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मादण्डमा थप कडाइ गरिएको जानकारी दिएका हुन् ।
सरकारले कोरोना संक्रमण फैलिन नदिन आज शुक्रबार राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३_ बमोजिम विभिन्न गतिविधिहरू निषेध गर्ने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए ।