निद्रामै पहिरोले घर पुर्‍यो, दुई बालकको मृत्यु, एक घाइते

बागलुङमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-५ हारीगाउँमा गए राति दुई बजे पहिरोले घर पुरिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको हो ।

निसीखोला गाउँपालिका-५ कारीगाउँकाका हिराबहादुर विकको घर पहिरोले पुरिँदा घरभित्र सुतिरहेका उनका १४ वर्षीय छोरा विरेन्द्र र ६ वर्षीय नाति प्रवेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।



पहिरोमा परेर हिराबहादुरकी पत्नी ५३ वर्षीया विलसरा विक घाइते भएकी छन् । उनलाई उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार