नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताए । उनले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको जानकारी दिए ।
यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
लिपुलेक विवादपछि प्रधानमनत्री तहमा पहिलोपटक वार्ता भएको हो ।