चितवनमा तीन चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको सघन उपचार कक्षमा कार्यरत चिकित्सक र आकस्मिक कक्षमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको हो । दुई जना नर्स र अन्य तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अन्यको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । तिमध्ये १० जना पुरुष र ११ जना महिला छन् । संक्रमितहरु भरतपुरको बडा नम्बर ३, ४, ६, ७, १०, १२, १५ र २१ का बासिन्दा भएको अस्पतालले जनाएको छ ।



रत्ननगरका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको छ । खैरहनीका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । परीक्षणमा सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार