नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँधेको हुन्छ ।
छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइज्जत गरिन्छ ।
हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई निवस्त्रस्त्र पारेर बाटोमा उनीमाथि हातपात गरे । चीनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो– यो घटना ।
आफ्ना पतिसँग अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि केही आक्रोसित महिलाले ति महिलालाई निवस्त्र बनाई बजार डुलाएका थिए । यसरी महिलाको सार्वजनिक बेइजत गरेर सडकमा डुलाइँदा अरुभने चुपचाप थिए । त्यहाँ भएका ४ जना महिलाहरुले उनीमाथि हातपात गरे । व्यस्त सडकमा उनलाई निवस्त्र पारेपछि हेर्नेको ठूलो भीड जम्मा भएको थियो ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगेका थिए ।