नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान कार्यदलको बैठक सकिएको छ। आइतबार महासचिव विष्णु पौडेल निवास नजिकैको एक घरमा करिब ९ घण्टासम्म बसेको बैठकले अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएका समझदारीलाई लिखित रुप दिंदै सहमति जुट्न वाँकी विषयमा मध्यमार्गी विकल्प तयार पारेको छ ।
कार्यदलले तयार पारेको मध्यमार्गी सहमतिलाई भोलि बिहान बस्ने सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नेछन् । कार्यदलले चैतमा महाधिवेशन गर्नेदेखि महाधिवेशनपछि ओलीलाई दिइने सम्मानजनक पदको कार्यक्षेत्र तोकेको छ ।
महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउनेदेखि वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनालको जिम्मेवारीबारे पनि कार्यदलले सहमतिको खाका तयार गरेको बताइएको छ ।
शुक्रबार गठन गरिएको कार्यदलका सदस्यमा महासचिव पौडेलसहित स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाल छन्।