पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेवाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।



भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार