काठमाडौं महानगरका कुन वडामा कति पुगे संक्रमित ?

काठमाडौं । लकडाउन खुलसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेपछि संक्रमणको असर उपत्यकामा देखिएको छ ।

लकडाउन खुलेसँगै बजार, सार्वजनिक यातायात लगायत मान्छेको भिडभाड हुने स्थानमा चहलपहल बढेपछि उपत्यकामा संक्रमण तिव्ररुपमा फैलिरहेको छ। पछिल्लो साता उपत्यकामा दैनिक सय भन्दा माथि संक्रमित फेला परेका छन् । काठमाडौं महानगरपालिका भित्र मात्रै ७५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने चार जनाको मृत्यु भइसकेको छ।



महानगरको ३२ मध्ये ३१ वडामा कोरोना संक्रमित भेटिएका छन्। २ नम्बर वडामा भने अहिलेसम्म संक्रमण भेटिएको छैन । महानगरले राखेको विवरण अनुसार सबैभन्दा धेरै संक्रमित वडा नम्बर ४ मा देखिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएको पोजेटिभ केसका कारण चार नम्बर वडामा संक्रमितको संख्या धेरै देखिएको हो।
संक्रमित भेटिएका वडा र संक्रमित संख्या:

वडा नम्बर १ : ३७ जना
वडा नम्बर ३ : ३४ जना (प्रहरी अस्पतालबाहेक)
वडा नम्बर ४ : ६१ जना (अख्तियारसहित)
वडा नम्बर ५ : १७ जना
वडा नम्बर ६ : १५ जना
वडा नम्बर ७ : १० जना
वडा नम्बर ८ ; १० जना
वडा नम्बर ९ : ५ जना
वडा नम्बर १० : ३८ जना
वडा नम्बर ११ : १९ जना
वडा नम्बर १२ : १२ जना
वडा नम्बर १३: ३३ जना
वडा नम्बर १४ : ५६ जना
वडा नम्बर १५ :१३ जना
वडा नम्बर १६ : ४६ जना
वडा नम्बर १७ :१४ जना
वडा नम्बर १८ : १ जना
वडा नम्बर १९ : १ जना
वडा नम्बर २० : १ जना
वडा नम्बर २१ : १ जना
वडा नम्बर २२ : चार जना
वडा नम्बर २३ : १० जना
वडा नम्बर २४ : २५ जना
वडा नम्बर २६ : १७ जना
वडा नम्बर २७ : ३४ जना
वडा नम्बर २८ : २७ जना
वडा नम्बर २९ : ३० जना
वडा नम्बर ३०: १४ जना
वडा नम्बर ३१: २८ जना
वडा नम्बर ३२ : ५५ जना

सम्बन्धित समाचार