नेकपा सचिवालयले गर्‍यो कार्यदलको अनुमोदन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

तर उक्त कार्यदल सचिवायलबाट पारित हुनुपर्ने आवाज उठेपछि अध्यक्ष ओलीले बैठक डाकेका थिए । उक्त कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।



उक्त कार्यदलले विवाद समाधानका लागि तयार पार्ने प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र त्यसपछि बैठकमा आउने थापाले जानकारी दिए ।

नारायणकाजी श्रेष्ठका अनुसार पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको छ ।

त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए ।

सम्बन्धित समाचार