लोकल ट्रेनबाट गायब भयो पर्स, पुलिसले भेट्यो कैयौं वर्षपछि

मुम्बर्ईको लोकल ट्रेनमा १४ वर्ष अगाडि चोरी भएको पर्स पुलिसले खोजेर त्यसको मालिकलाई दिएको छ । पर्समा ९०० रुपैयाँ भारु थियो । रेलवे पुलिसको एक अधिकारीले भने कि सन् २००६ मा छत्रपति शिवाजी महाराज टर्मिनल पनवेल लोकल ट्रेनमा यात्रा गर्ने बेला हेमन्त पेडलकरको पर्स हराएको थियो ।

यो सालको अप्रिल महिनामा जीआरपी वासीले उनलाई फोन गरेर बताए कि उनको पर्स भेटिएको छ । तर लकडाउन भएको हुनाले त्यतिबेला उनी आफ्नो पर्स लिन जान सकेनन्, प्रतिबन्ध हटेपछि पनवेल निवासी पेडलकर वासीमा रहेको जीआरपी कार्यालयमा गए र त्यसमा राखिएको राशि सहित आफ्नो पर्स लिए ।



पेडलकरले भने कि, ‘त्यसबेला मेरो पर्समा ९०० रुपैयाँ थियो जसमा ५०० रुपैयाँको पुरानो नोट थियो जुन पछि नोटबन्दीपछि बन्द भयो । वाशी जीआरपीले मलाई ३०० रुपैयाँ फिर्ता दिए । उनले स्टाम्प पेपरको कामको लागि १०० रुपैयाँ काटे र भने कि बाँकीको ५०० रुपैयाँ बदलेपछि दिइन्छ ।’

जीआरपीको एउटा अधिकारीले भने कि पेडलकरको पर्स चोरी गर्ने व्यक्तिलाई पनि केही समय पहिले पक्राउ गरिएको थियो ।

 

सम्बन्धित समाचार