
पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार यो जानकारी दिएको हो ।
रौतहट, मोरङ र काठमाडौंका १र१ जना गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको मृत्यु भएको जानकारी डा. गौतमले दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।
