मन्त्रिपरिषद बैठक सुरु, कोरोना नियन्त्रणको लागि कडा कदम चाल्न सक्ने

मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री के‍पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।

बैठकले कोरोना नियन्त्रणको लागि केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । नेपालमा कोरोना भाइरस आक्रमक हुँदै गएकोले बिभिन्न जिल्लाहरुले लकडाउनको घोषण गरिरहेका छन् । केन्द्रबाट पनि सरकारले कुनै कडा कदम चाल्न सक्ने बालुवाटार स्रोतले बतायो ।



यसअघि आजै नेकपाको सचिवालय बैठक पनि बालुवाटारमै बसेको थियो । सो बैठकले पनि कोरोना नियन्त्रणको लागि गंम्भीर भएर लाग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो ।

 

सम्बन्धित समाचार